टासी छाेलिङ गुम्बाकाे साधारणसभा हुदै

ने टासी ञिङ्मा छाेलिङ गुम्बाको दाेस्राे साधारणसभा हुने

  गाैरीशंकर टाइम्स सम्बाददाता  522 पटक हेरिएको

दाेलखा, माघ २०, २०७८, उत्तरी गाैरीशंकरकाे टासीनाममा अवस्थित पुरातात्त्विक एवं धार्मिक संस्था ने टासी ञिङ्मा छाेलिङ गुम्बाको दाेस्राे साधारणसभा हुने भएको छ । काेराेना भाइरसकाे महामारीले राेकिएकाे साधारणसभा तथा सार्वजनिक सुनुवाइ आगामी माघ २६ गते गरिने व्यवस्थापन समितिका अध्यक्ष दमे शेर्पाले बताए । वि.स. १९८० सालमा स्थापित साे गुम्बा गाैरीशंकर गाउँपालिकाकाे पुरानो र ऐतिहासिक पुरातात्त्विक धार्मिक संस्था हाे । गुम्बाकाे पुरानो भाैतिक संरचना २०७२ सालको विनाशकारी भुकम्पबाट भत्किएको हुदा व्यवस्थापन समितिले आर्थिक सहयोग संकलन गरि स्थायी भवन निर्माण गरेर दैनिक पुजापाठकाे लागि २०७६ जेठ ४ गते बुद्ध जयन्तीबाट सुरुवात गरिएको थियोे ।

हाल साे गुम्बा आर्थिक स्रोतको अभावले पुर्णरुपमा निर्माण सम्पन्न नभएता पनि दिगो र भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरि पुजापाठ गरिदै आएको छ । दाेलखाकाे उत्तरी भेगमा स्थानीयकाे पहलबाट स्रोत र साधन जुटाई बनेकाे याे गुम्बा पहिलो स्थानमा पर्दछ । यहि माघ १९ गते कार्यक्रम तयारीका लागि बसेको व्यवस्थापन समितिकाे बैठकले साधारणसभा मार्फत आयव्यय सार्वजनिक गरि नयाँ व्यवस्थापन समितिकाे निर्वाचन समेत गरिने समितिका अध्यक्ष दमे शेर्पाले वताए । साे साधारणसभा सफल पार्नकाे लागि गुम्बकाे समिति अर्न्तर्गत पदाधिकारीहरु, संरक्षक प्रमुख, संरक्षक, सल्लाहकारहरु, आजीवन सदस्य तथा साधारण सदस्यहरु लगाएत सम्पूर्ण वडाबासीलाई सहभागी हुनकाे लागि निमन्त्रणा गरिएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार