काठमाडौं उपत्यकासहित देशभर पानी पर्दै र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

शुक्रबार दिनभर वर्षाकाे संम्भावना, आइतबारबाट मात्रै मौसममा सुधार हुने

  गाैरीशंकर टाइम्स  348 पटक हेरिएको

काठमाडौं । माघ २१, २०७८, काठमाडौं उपत्यकासहित देशभर देशभरको मौसममा पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले पानी परेको छ । त्यसैगरी उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपात भएको छ । आज दिउँसो देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रहने छ।

गएरातिदेखि नै माैसम बद्ली भैइ हल्का देखि मध्यम वर्षा भइरहेकाे छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज दिनभर झरी पर्ने सम्भावना रहेको समेत जनाएकाे छ ।

आज  सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा समेत हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ । मौसममा पर्सि आइतवारदेखि मात्रै सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार