काठमाडौ । माघ २४, २०७८, सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते देशभर एकै चरणमा गर्ने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार निर्वाचन आयाेगकाे सिफारिस र प्रस्ताव अनुसार नै अनुकूल मिति ताेकेकाे हुदाँ कुनै कानुन संशोधन गर्नुनपर्ने समेत बताए ।
निर्वाचन आयोगले स्थानीय निर्वाचन एकै चरणमा गर्ने भए वैशाख १४ र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले जेठ ४ गते प्रस्ताव गरेको थियो । त्यसै प्रस्ताव माथि छलफल गर्दै सरकारले नयाँ मिति ताेकेकाे हाे ।