दाेलखा । नेपाल कम्युनिस्ट पार्टी एमाले वडा कमिटीको नियमित दाेस्राे बैठक उपाध्यक्ष बाेलेन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भयो । माघ २६ गते सम्पन्न साे कमिटीकाे बैठक पालिका कमिटी अध्यक्ष जङ्ग गुरुङको प्रमुख अतिथि, जिल्ला समन्वय समितिको सदस्य आइतीमाया तामाङ, जिल्ला कमिटी सदस्य एवं पालिका सह-इन्चार्ज जे.बि. गुरुङ, जिल्ला कमिटी सदस्य यान्टी शेर्पा, वडाअध्यक्ष छिरिङ शेर्पा र लाेकतान्त्रिक आदिवासी तथा जनजाति महासंघकाे केन्द्रीय सदस्य डि.वि गुरुङ लगायतको सहभागीता रहेको थियोे । बैठकमा वडाअध्यक्ष छिरिङ शेर्पाले पार्टी संगठनको समग्रह रिपोर्टिङ गरेका थिए । शेर्पाले पार्टी र स्थानीय सरकारले संयुक्त रुपमा गरेको विकास निर्माण देखि घरदैलो सेवा प्रवाह बारे बिस्तृत विवरण समेत प्रस्तुत गरे । साे बैठक पार्टी सचिव निश्चल शेर्पाले सञ्चालन गरेका थियो ।
गाैरीशंकरकाे टासीनाममा आयाेजित बैठकले विभिन्न एजेन्डाहरु पार्टी संगठनको भुमिका, विकास निर्माण कार्यकाे गतिविधि, दिगो विकासको लागि याेजना र पहलहरु, सडक बाटो निर्माणको लागि माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई दवाब दिने लगाएतको विषयमा छलफल गरे । साे बैठकलाई सम्बाेधन गर्दै प्रमुख अतिथि जङ्ग गुरुङले विकास निर्माण, राेजगारी, शिक्षा, स्वास्थ्य लगायतको विषयलाई पार्टीको तर्फबाट मुख्य एजेन्डा बनाएर लैजाने बताए । दिगो विकासको मुख्य आधार नै ग्रामीण सडक भएको हुदाँ सडक निर्माणकार्यकाे लागि निरन्तर पहल गरिरहने उनले बताए ।