दाेलखा । ने टासी ञिङ्मा छाेलिङ गुम्बाकाे दाेस्राे साधारणबाट नयाँ नेतृत्व निर्वाचित गर्दै भव्यताकाे साथ सम्पन्न भयाे । गाैरीशंकर गाउँ कार्यपालिका अध्यक्ष साेयम बहादुर खड्काको प्रमुख अतिथ्य, नेकपा एमाले गाैरीशंकर पार्टी कमिटी अध्यक्ष जङ्ग गुरुङ विशेष अतिथ्य, जिल्ला समन्वय समितिको सदस्य आइती माया तामाङ लगायतको उपस्थिति रहेको साधारणसभाले दमे शेर्पाको अध्यक्षतामा एघार जनाको नयाँ व्यवस्थापन समिति निर्वाचित गर्दै सम्पन्न भएको हाे ।
१९८० सालमा स्थापित साे धार्मिक, साँस्कृतिक एवं पुरातात्त्विक गुम्बाकाे साधारणसभामा आर्थिक आयव्यय, संस्थाको प्रतिवेदन लगायतको एजेन्डा माथि छलफल भएको थियोे । गुम्बा निर्माण सम्पन्न गर्नकाे लागि गाउँपालिकाबाट दस लाख रुपैया बजेट विनियोजित गरिएको पालिका अध्यक्ष खड्काले बताए । त्यसैगरी केंगुर तेंगुर(पाेस्तक) खरिदकाे लागि जङ्ग गुरुङले एकाउन्न हजार रुपैयाँ, गुम्बा व्यवस्थापन समितिका सदस्य सुकदिकी शेर्पाकाे परिवारले एक लाख रुपैया सहयोगकाे घाेषणा गर्नु भयो ।
माघ २६ गते गुम्बाकाे सम्पन्न साधारणसभाबाट एघार जनाको नयाँ व्यवस्थापन समिति जसमा दुई जना पछि मनाेनित गरिने गरी र सात जनाको महिला उप-व्यवस्थापन समिति निर्वाचित गरिएको छ ।
गुम्बा मुल व्यवस्थापन समिति
अध्यक्ष :- दमे शेर्पा
उपाध्यक्ष:- किशोर कुमार गुरुङ
उपाध्यक्ष:- सुकदिकी शेर्पा
सचिव:- फुर्वाठिले शेर्पा
काेषाध्यक्ष:- पदमबहादुर श्रेष्ठ
उपसचिव:- फुडाेमा शेर्पा
उपसचिव:- निशा शेर्पा
सदस्य :-पसल्हमु शेर्पा
सदस्य:- दावा गेल्जि शेर्पा
पदेन सदस्य:- लाक्पा नुर्वू शेर्पा (प्रमुख लामा)
नव निर्वाचित महिला उप-व्यवस्थापन समिति
अध्यक्ष :-पासाङ ओङ्मु शेर्पा
सचिव :- याङ्जुमा शेर्पा
काेषाध्यक्ष:- लाक्पा टासी शेर्पा
सदस्य :- जिपुटी शेर्पा
सदस्य :- आङगाेर्मु शेर्पा
सदस्य :- सुङ्जिमा शेर्पा
सदस्य/सल्लाहकार :- दापल्मु शेर्पा