दाेलखा । नेपाल कम्युनिस्ट पार्टी एमाले गाैरीशंकर गाउँपालिका पार्टी कमिटीकाे तेस्राे बैठक जङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न भयो । बागमती प्रदेश सभा एवं पुर्व सामाजिक विकास मन्त्री सरस्वती बस्नेतकाे प्रमुख अतिथ्यमा सम्पन्न साे बैठकले नवनिर्वाचित जिल्ला कमिटी सदस्यहरूलाई सम्मान, पार्टी संगठनको परिचालन, टाेल कमिटीको गठन, वडागत रिपोर्टिङ, आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचन र अन्य विविध एजेन्डाहरु माथि छलफल भएको थियोे ।
नेकपा एमाले गाउँपार्टी कमिटीद्वारा आयाेजित साे बैठकमा पालिकाबाट सहभागी दशाै जिल्ला सम्मेलनबाट निर्वाचित सदस्यहरू साेयम बहादुर खड्का, झलक कुमार कार्की, जे.बि. गुरुङ, तिर्थ बहादुर खड्का, राजेश श्रेष्ठ, रमेश श्रेष्ठ, विन्दु गुरुङ, दुर्गा कुमार वि.क, कमलराज खत्री लगायतलाई अध्यक्ष जंङ्ग गुरुङ, प्रमुख अतिथि सरस्वती बस्नेत, विशेष अतिथि उर्मिला थामी के.सीले संयुुक्त रुपमा खादा लगाएर सम्मान गरिए ।
बैठकले पालिकाभरि नाै वटै वडामा चुनाव केन्द्रित कार्यक्रम अर्न्तर्गत आगामी फागुन १५ गतेसम्म टाेलकमिटी गठन गर्ने निर्णय गरेको छ । साे कार्यक्रमलाई प्रभावकारी र कार्यन्वायन गर्नकाे लागि पालिका इन्चार्ज र वडा इन्चार्जलाई जिम्मेवारी ताेकिएकाे समेत पार्टी कमिटीकाे सचिव देवराम बुढाथोकीले जानकारी दिए । उक्त बैठकले रिक्त सदस्य पदमा सुजन गुरुङ, आइतीमाया तामाङ र किशोर कुमार गुरुङलाई मनाेनित गरिएको बताए ।