एमसिसि मुद्दाले सडक र सदन चर्किदै गर्दा राजनीतिक ध्रुवीकरण बढ्दै

  गाैरीशंकर टाइम्स सम्बाददाता  1050 पटक हेरिएको

काठमाडौ । नागरिकको चाैतर्फी दबाब र राजनीतिक दलहरु पक्ष, विपक्ष हुदाहुदै सहमति विना सरकारले एमसिसि संसदमा टेबल गरेका थिए । आइतबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी टेबल गरेकाे हाे । साे एमसिसि बिरुद्ध नयाँ बानेश्वर क्षेत्रमा दिनहुँ प्रदर्शन बढ्दै गएको हुदा प्रदर्शनकारी र प्रहरीबीच तानव सिर्जना भएको छ ।                                                                                                                       बानेश्वरमा बिहीबार एमसिसीविरूद्ध उत्रिएका प्रदर्शन उग्ररूप लिएपछि भिडलाई नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको थियोे । प्रहरीले बनाएको सुरूक्षाको घेरा प्रदर्शनकारीले धकेलेर तोडेपछि प्रहरीले लाठी चार्ज गरेको हो । उक्त प्रदर्शनमा केही प्रदर्शनकारी घाइते भएका छन् ।
त्यसलगत्तै प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि भीडलाई तितरबितर पार्न प्रहरीले वाटर क्याननको प्रयोग गरी पानीको फोहराले हानेको थियोे । त्यसैगरी प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ समेत गरेको छ ।                                                                                                                    बिहीबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सुचना टाँसेर शुक्रबार १ बजे बस्ने गरि स्थगित गरिएको छ ।                     

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार