काठमाडौ । नेकपा एमाले दाेलखा काठमाडौ सम्पर्क मञ्चको एघारौं सम्मेलन केन्द्रीय महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । काठमाडौकाे तिनकुने स्थित राेयल बैक्वटमा शनिबार सम्पर्क मञ्चको सम्मेलन भएको हाे ।
दाेलखाबाट विभिन्न पेशा व्यावसायमा आबद्ध भई अस्थायी तथा स्थायी काठमाडौंमा बसाेवास गर्ने नेकपा एमाले समर्पित सांगठनिक संस्था सम्पर्क मञ्च हाे । साे मञ्चद्वारा आयोजित कार्यक्रममा पुर्वमन्त्री पार्वत गुरुङ, आनन्दप्रसाद पाेखरेल, संघीय सांसद शान्ति पाख्रिन, वागमती प्रदेश पुर्व मन्त्री सरस्वती बस्नेत, केन्द्रीय सदस्य इश्वरी रिजाल लगायत दाेलखाबाट निर्वाचित सातवटै स्थानीय तहको प्रमुख, उपप्रमुख, जिल्लाका विशिष्ट नेताहरुको उपस्थिति रहेको थियोे ।
सम्मेलनलाई उद्घाटन गर्नु हुदै शंकर पाेखरेलले आगामी बैशाखमा हुने निर्वाचनमा देशभर सुर्य उदाए झै एमालेको उदय भई सबै स्थानीय तह जित्ने दाबी गर्नु भयो । सत्तामा रहेका गठबन्धनले सरकार चलाउन नसक्ने र माओवादी अवसरवादि ढुलमुले भएको हुदाँ देशमा भ्रष्टाचार बढ्न गई महंगी दिनु बढ्दै गएको बताए । राजनीतिक दलको सहमति बिना कांग्रेसले एकलाैटी ढंगबाट सदनमा एमसिसि टेबुल गरेर देशमा अस्थिरता ल्याई स्थानीय निर्वाचन नगराउने षड्यन्त्र गरेको बताए ।
सम्मेलनलाई सम्बाेधन गर्नुहुदै पुर्व सञ्चार मन्त्री पार्वत गुरुङले आगामी बैशाखमा हुने निर्वाचनमा दाेलखाकाे नाैवटै स्थानीय तह एमालेले जित्ने दाबी गर्नु भयो । अब दाेलखामा निष्पक्ष चुनाव हुन्छ ! त्यसमा एमालेको बहुमत सुनिश्चित आउने हुदा अरु कसैले दावी नगर्दा राम्रो हुने बताए । निर्वाचनकाे बेलामा जनतालाई झुट्टा प्रचारबाजी गरि कांग्रेस र माओवादीले अवसर मात्र लुट्ने गरेको बताए । उनले यस्ता अवसरबादीहरुकाे रणनीति र आश्वासनमा परि आमजनतालाई नफस्न अनुरोध गरे । सत्ता पक्षले जस्तोसुकै योजना बनाए पनि बैशाखमा कुनैपनि हालतमा निर्वाचन हुनेहुदाँ सबै आमपार्टी कार्यकर्तालाई एक ढिक्का भएर तयारीमा लाग्न निर्देशन समेत दिए ।
अब हुने निर्वाचनमा कुनै शक्ति सामु नझुकी बहुमत ल्याई एमालेको नेतृत्वमा सरकार बन्ने निश्चित भएको पुर्व मन्त्री आनन्द पाेखरेलले दाबी गरे । सत्तारूढ गठबन्धनले देशलाई बन्धक बनाई दलालहरुकाे चलखेल गर्ने थलो बनाएको समेत पुष्टि गरे । कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य दिदै केन्द्रीय सदस्य इश्वरी रिजालले दुईतिहाईकाे बलमा सरकारले एमसिसि परियोजनामा कुनै दलीय सहमति बिना सदनमा टेबल गरेको बताए । कांग्रेसले गठबन्धनका दलहरूसंग सहमति गर्न नसकेर अन्तिम घडीमा एमालेसंग झुक्न आएको हुदाँ राष्ट्र र राष्ट्रियता हित बिपरित यथास्थितिमा सम्झौता नगरिने बताए ।