ओलीकाे विश्राम दाेलखाकाे धार्मिक क्षेत्र कालिञ्चाेकमा

  गाैरीशंकर टाइम्स सम्बाददाता  393 पटक हेरिएको

दोलखा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व  प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यसहित घुम्नका लागि दाेलखा पुगेका छन् । दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चाेक भगवतीकाे दर्शनमा आएका उनले घुमघाम सँगै हिमालका दृश्यावलाेकन समेत गरेका हुन ।

उनले धार्मिक पवित्रस्थलमा आएको हुदाँ पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनबारे कुनै प्रतिक्रिया दिएनन् । स्वच्छ भावनाकाे साथ हृदय खुल्ला पारी कालिञ्चाेक भगवतीकाे दर्शन गरेको छु अन्य कुरा नगराैं’ भन्दै स्वच्छ वातावरणमा रमाउदै चारैतिर हिमालकाे अवलोकन गर्न लागे ।                                                                                      यसैबीच उनले कालिञ्चाेक भगवती मन्दिरकाे प्रांगणमा केवलकारको समुद्घाटन गरेका थिए । पूर्व प्रम ओलीलाई गाउँपालिकाले मायाको चिनो प्रदान गर्दै स्वागत गरेका थिए । उक्त अवसरमा जिल्लाका सरोकारवाला, टाढा देखि जनताहरुको भव्य उपस्थिति, विभिन्न झाँकी र नौमती बाजागाजाले कालिन्चोक उल्लासमय भएको थियो ।             

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार