सरकारले सवारीसाधनमा इम्बाेस्ट नम्बर अनिवार्य गरिदै

  गाैरीशंकर टाइम्स सम्बाददाता  277 पटक हेरिएको

काठमाडौ । सरकारले सवारी साधनलाई व्यवस्थित र चाेरीबाट नियन्त्रण गर्नकाे लागि इम्बोस्ड नम्बर अनिवार्य गरिन लागेको छ । प्रविधिको विकाससँगै यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाउन चिप्स सहितको इम्बाेस्ट नम्बर जारी गर्न लागेको हाे । इम्बाेस्ट नम्बरले सवारी साधनलाई ट्रयाकिङ गर्ने र हराएरमा खाेज्न सजिलो हुने विज्ञहरूले बताए । यातायात व्यवस्था विभागले सार्वजनिक सुचना नै जारी गरि इम्बाेस्ट नम्बर अनिवार्य गरिएको हाे । सर्वसाधारणले इम्बाेस्ट नम्बर लिनको लागि निम्न शर्तहरु पालना गर्नुपर्नेछ ।                                       
‌इम्बाेस्ट नम्बर लिन लाग्ने दस्तुर
• मोटरसाइकललाई स्कुटर – २ हजार ५ सय,
• तीन पांग्रे सवारीलाई – २ हजार ९ सय,
• चारपांग्रे तथा मझौला सवारीलाई – ३ हजार २ सय
• हेभी सवारीलाई – ३ हजार ६ सय रुपैँया
‌चाहिने कागजात
व्यक्तिको नाममा भए
• पासपोर्ट साईज फोटो २ प्रति
• नागरीकताको प्रतिलिपी,
• बैंक तथा बितिया संस्थाको नाममा ऋणी भएमा मंजुरिनामा पत्र,
‌साझेदारी कम्पनि संघ संस्थाको नाममा सवारीसाधन भए
• कम्पनि संघ संथाको कर चुक्ता ७७/७८ सम्मको नभए (कर चुक्त्ताको म्याद थप भएको पत्र ) प्रतिलिपी,
• कम्पनि संघ संथाको घरेलु ,प्यान, भ्याट दर्ताकाे प्रतिलिपी,
• कम्पनि संघ संथाको नाममा भएको सवारीसाधनकाे इम्बोस्ड नम्बर लिनको लागि कर्मचारीलाई मंजुरिनामा, छाप र नागरिकताको प्रतिलिपी ।

‌इम्बोस्ड नं लिनको लागि आवश्यक प्रक्रिया
• ७८/७९ आर्थिक बर्षको कर चुक्ता हुनुपर्ने,
• अनलाईन फर्म भर्नुपर्ने ।                                                                                                                          #स्रोत:-यातायात व्यवस्था विभाग

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार