माथिल्लो तामाकोसी आयाेजनालाई स्थानीयले दिए आन्दोलनको चेतावनी

  गाैरीशंकर टाइम्स सम्बाददाता  934 पटक हेरिएको

दाेलखा । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले विकास निर्माण कार्यलाई विभेदकारी र बेवास्ता गरेको भन्दै स्थानीयले ध्यानाकर्षण पत्र बुझाएको छ । गाैरीशंकर नाै का स्थानीयले शिक्षा, स्वस्थ्य, राेजगारी, सडक र विद्युत लगायतका विकास निर्माणकार्य समानुपातिक तवरले गर्न बारम्बार ताकेता गरेता पनि कुनै चासो नदेखाएको हुदा नेकपा एमाले पालिका कमिटीको रहाेवरमा ध्यानाकर्षण पत्र बुझाएको हाे ।                                                                                        माथिल्लो तामाकोसीले स्थानीय स्रोत र साधन एकलौटी प्रयोग गरि प्रभावित क्षेत्रलाई कुनै फाइदा नदिएकाे र विकास निर्माण नगरिएको भन्दै स्थानीयले दबाब दिन थालेको हाे । विकासको मेरुदण्ड मानिएको ग्रामीण सडक निर्माण गर्न बारम्बार ताकेता गर्दा कुनै सुनुवाइ नगरेको हुदा बाध्यताले ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको सुर्मुच्छेका स्थानीय हाेटल व्यावसायी बाेलेन्द्र आचार्यले बताए ।                                                                                      

तामाकोसीले कुल ४५६ मध्ये लामाबगर खाेलाबाट ३०९ र राेल्वालिङ खाेला डाइभर्सन गरी १४७ मेघावाट बिद्युत उत्पादन गर्ने याेजना रहेको छ । अहिले त्यसै क्षेत्रमा राेल्वालिङ हाइड्रो २२ मेघावाट परियोजना निर्माणकार्यकाे चरणमा रहेको छ । कानुनमा स्थानीय प्राकृतिक स्रोत र साधन माथिको पहुँच स्थानीय जनताले प्रयोग गर्ने माैलिक अधिकार भएतापनि हाइड्रोपावर कम्पनीहरूले एकलौटी प्रयोग गरि चरम शाेषण गरेको हुदा स्थानीयको सराेकारमा कुनै चासो दिएको पाइदैन । स्थानीयले फेदी-टासीनाम हुदै सिमीगाँउ र छ्याेतछ्याेत-सिमीगाँउ-रिकु-रिकु हुदै राेल्वालिङ बेदिङसम्म सरकारी मापदण्ड अनुसार सडक पुर्वाधार निर्माण कार्य अविलम्ब अगाडि बढाउन माग गरेको छ ।                                बारम्बार ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नगरेको स्थानीय लाेप्साङ शेर्पाले बताए । उनका अनुसार अव पनि हाम्रो मागलाई बेवास्ता गरे आयोजनाकाे सम्पुर्ण काम ठप्प पारी संघर्ष गर्ने चेतावनी दिए । आयोजनाले स्थानीयलाई कुनै सम्झौता र सहकार्य नगरी एकलौटी रुपमा मापदण्ड विपरीत स्रोत र साधनको दुरुपयोग गरेको हुदाँ अब अन्धभक्त भएर नबस्ने बताए । उनलेे माफियाकाे शक्ति र आडमा साे गतिविधि गरेको हुदा आयोजना विरुद्ध कानुनी प्रक्रियाबाट समस्याको सावधान समेत खाेज्न बाध्यकारी हुने ध्यानाकर्षण गराए ।                                                                     

नेकपा एमाले गाैरीशंकर पार्टी कमिटीको अगुवाइमा भएको कार्यक्रममा टासीनाम, सिमीगाउँ र रिकुका स्थानीय, बुद्धिजीवी लगायत जनप्रतिनिधिहरुकाे समेत उपस्थिति रहेको थियोे । ध्यानाकर्षण पत्र बुझाउदै वडाभित्र रहेका प्राकृतिक स्राेत र साधन माथिको पहुँचमा स्थानीयवासीको प्रमुख अधिकार भएपनि उपभाेग गर्न बञ्चित हुनुपरेको वडाअध्याक्ष छिरीङ शेर्पाले वताए । हाइड्रो कम्पनीहरुले विकासको बहानामा थाेरै बजेट छरेर दायित्वबाट पन्छिएकाे हुदाँ यस्तै दादागिरी र निरंकुशता रहे सम्पूर्ण स्थानीयहरु एकजुट भैई अधिकारकाे लागि लडनु पर्ने बताए ।                                               

ध्यानाकर्षण पत्र बुझाउन पालिका कमिटीका अध्यक्ष जंग गुरुङ र पालिका पार्टी ईन्चार्ज साेयम बहादुर खड्काले नेतृत्व गरेका थिए । तामाकोसी हाइड्रोपावर निर्माणको चरणदेखि नै पार्टीले सडक पूर्वाधार, विधुत, स्वस्थ्य, शिक्षा, राेजगार लगायतको मागहरू मुख्य एजेन्डा बनाई छलफल गरेको हुदाँ गाउँमा सडक बाटो पुग्न नसकेको कारण खाेजि गरे । फेदी-टासीनाम सडक निर्माण गर्न पालिका र वडाको समन्वयमा डिपिआर गरेर ट्रयाक सुचारु गरेता पनि दिगो र भरपर्दाे नभएले विगतमा स्थानीयसँग गरेकोे सम्झौता बमोजिम तत्काल काम अगाडि नबढाए आयोजनाले ठुलै मुल्य चुकाउनु पर्ने अवस्था सिर्जना हुने पार्टी अध्यक्ष गुरुङले चेतावनी दिए । स्थानीय प्रभावित क्षेत्रमा तामाकोसी र राेल्वालिङ हाइड्रोले मुख्य गरि सडक बाटो निर्माण कार्यलाई निरन्तरता दिई स्थानीयलाई सहजीकरण गर्न पालिका पार्टी इन्चार्ज साेयम बहादुर खड्काले बताए । उनलेे विद्युत, स्वस्थ्य, शिक्षा र राेजगारी समेतकाे ग्यारेन्टी गर्न सम्बन्धित हाइड्रो कम्पनीहरूलाई आग्रह गरे ।                                                                        तामाकोसी आयोजनाका सिनियर इन्जिनियर पदम पाेखरेल र सिनियर इन्जिनियर भुगर्भविद् सन्जिव सापकोटाले ज्ञापनपत्र बुझ्दै स्थानीयको माग र आवश्यकतालाई मध्येनजरमा राखि छलफल गरेर प्रक्रिया अनुसार अविलम्ब काम अगाडि बढाउने आश्वासन दिए ।                                                         

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार