नेपाल खेलकूद महासंघले मनाए अन्तर्राष्ट्रिय महिला दिवस

  गाैरीशंकर टाइम्स सम्बाददाता  273 पटक हेरिएको


काठमाडौ । नेकपा एमाले निकट भातृसंगठन नेपाल खेलकुद महासंघले ११२अैा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) मनाएकाे छ । साँस्कृतिक बाजागाजा र जुम्बानाच सहित भृकुटीमण्डपबाट सुरु भएको झ्याँकी बसन्तपुर पुगेर काेणसभामा रुपान्तरण भएको थियो ।                               
श्रमिक महिला दिवसकाे अवसरमा आयाेजित साे कार्यक्रम केन्द्रीय सम्मेलन आयोजक एवं केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेतृत्व गरेको हाे । साे कार्यक्रममा केन्द्रीय सम्मेलन आयाेजक कमिटीका सदस्यहरु सहित बृहत एवं उत्साहजनक सहभागिता रहेको पूर्व सहकाेषाध्यक्ष एवं सम्मेलन आयाेजक कमिटीका सदस्य तिर्थ बहादुर खड्काले जानकारी दिए । उनका अनुसार विश्वभर विभिन्न पेशामा आबद्ध श्रमिक महिलाहरूको हकहितका लागि हरेक वर्षकाे मार्च ८ तारिखमा विभिन्न कार्यक्रम गरि मनाउदै आएकोे बताए । श्रमिक महिला सम्बन्धि विभिन्न जनचेतनामूलक र खेलकुद सम्बन्धि कार्यक्रम गरि मनाएकाे थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार