जिरी, दाेलखा । जिरी प्राविधिक शिक्षालयले कृषि ज्ञान केन्द्र रामेछापसँग ४४ लाख बराबरको सम्झाैता गरेकाे छ । शिक्षालयले कृषिमा अध्यायनरत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न उच्च प्रविधिको संरचना स्वचालित हाईटेक टनेल निर्माण गर्नकाे लागि आर्थिक सम्झौता गरेको हाे ।
हाईटेक टनेलकाे संरचना निर्माण पश्चात् कृषि विषयकाे डिप्लोमा तथा प्रि डिप्लोमा अध्यायनरत विद्यार्थीलाई सम्बन्धित विषयमा अध्ययन एवं अनुसन्धान गर्न सहज हुनेछ । उच्च प्रविधिकाे यान्त्रिकरण जडानसहित निर्माण गर्न लागेको टनेलमा विभिन्न सुविधा हुनेहुदाँ विद्यार्थीहरूमा थप हाैसला बढ्ने र ज्ञान हासिल गर्न सहयाेग पुग्ने सहयोग पुग्ने शिक्षालयका कर्मचारी कुमार अधिकारीले बताए ।
यसै चालु आर्थिक वर्षमा बागमती प्रदेश कृषि तथा पशुपंछी बिकास मन्त्रालयले कृषि ज्ञान केन्द्र रामेछाप मार्फत निर्माण हुनेगरी लागत साझेदारीमा स्वचालित हाईटेक टनेल निर्माणकाे लागि ५० प्रतिशत अनुदान शीर्षकमा ४० लाख बजेट बिनियाेजन गरेको थियोे । शिक्षालयले बाँकी ५० प्रतिशत अर्थात ४० लाख व्यहोर्नुपर्ने सम्झौता भएको हुदाँ उक्त रकम जुटाउन नसकि बजेट फिर्ता हुने अवस्थामा पुगेको थियोे । शिक्षालयले बागमती प्रदेश सरकारसँग ४० लाखलाई पुर्ण अनुदान बनाई संरचना निर्माणकाे लागि पहल गरिएकाे हुदाँ मुख्यमन्त्री राजेन्द्र पाण्डे मार्फत सम्झौता संशोधन गरी शिक्षालयबाट १० प्रतिशत अर्थात ४ लाख र प्रदेश सरकार कृषि तथा पशुपंछी बिकास मन्त्रालयबाट ९० प्रतिशत अर्थात ४० लाख गरि ४४ लाखमा स्वचालित हाईटेक टनेल निर्माण हुने पक्का भएको हाे ।