सिन्धुलीका कम्युनिस्ट नेता शेरबहादुरकाे निधन

  गाैरीशंकर टाइम्स सम्बाददाता  203 पटक हेरिएको


काठमाडौं । कम्युनिस्ट नेता शेरबहादुर गुरुङ ९३ वर्षको उमेरमा निधन भएको छ । धुलिखेल अस्पतालमा उपचारत गुरुङको शनिबार बिहान निधन भएको हो ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । पूर्व सञ्चारमन्त्री पार्वत गुरुङ र पार्टीका शीर्ष नेताहरूले गुरुङको शवमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिदै अन्तिम बिदाई गरे ।

लामो समयदेखि विभिन्न रोगबाट ग्रसित गुरुङलाई धुलिखेल अस्पतालकाे भेन्टिलेटरमा राखी उपचार गरिदै आएको थियो ।
शेरबहादुर दोस्रो विश्वयुद्धका सिंगापुर पुलिसको सेवानिवृत्त इन्स्पेक्टर समेत हुन् ।

कम्युनिष्ट पार्टीका जिल्ला सभापति समेत भइसकेका गुरुङ पञ्चायतमा सिन्धुलीका जिल्ला सदस्य पनि भएका थिए ।       

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार