काठमाडौ । नेकपा एमालेकाे भातृसंगठन नेपाल खेलकुद महासंघ(नेकाेस)काे संयुक्त भेला सम्पन्न भएको छ । राष्ट्रिय खेलहरुकाे साझा संस्था नेकाेसकाे भेला शनिबार काठमाडौमा सम्पन्न भएको हाे ।
“खेलकुद नागरिकको माैलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सराेकार” भन्ने मुल नाराका साथ सम्पन्न भेलाले २७ राष्ट्रिय खेलसंघका नेतृत्व गठन गरेकाे पुर्व सहकाेषाध्यक्ष तिर्थ बहादुर खड्काले बताए ।
भेलाका प्रमुख अतिथि एवं महासचिव शंकर पोखरेलले भेलालाई सम्बाेधन गर्नु हुदै राष्ट्रलाई समृद्धि बनाए मात्र खेल र खेलाडीकाे बिकास हुने बताए । उनका अनुसार समृद्ध राष्ट्र निर्माणमा खेलकुुदले सहजीकरण गर्ने आशय व्यक्त गरे । नेकोसका इन्चार्ज एवं पाेलिटब्युराे सदस्य गोकुल बास्कोटाले खेल र खेलाडीको बिकासमा पार्टीका घोषणापत्र मै स्पष्ट ब्यबस्था हुनुपर्ने बताए । उनलेे आगामी निर्बाचनमा नेकपा एमालेलाई दुईतिहाई बहुमत ल्याउन नेपाल खेलकुद महासंघको महत्त्वपूर्ण भुमिका रहने समेत बताएका थिए ।
नेकाेसका अध्यक्ष पर्शुराम बस्नेतले खेलाडीहरुको हकहित र अधिकार प्राप्तिका लागि महासंघ सधैं अग्रसर हुने बताए । अध्यक्ष बस्नेतले सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रीत हुनुपर्ने धारणा व्यक्त गर्दै नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिए ।