काठमाडौ । फागु पुर्णिमा अर्थात होली पर्व निकै हर्षोल्लाशका साथ आज मनाउदै छ । नेपालमा यो पर्व विविध साँस्कृतिक कार्यक्रम गरि एकअर्कामा रङ्ग लगाई धुमधामका साथ मनाउने गरिन्छ ।
होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ । बर्तमान समयमा होलीले विभिन्न खालका विकृति, विसङ्गतिहरू पनि भित्र्याएको पाईन्छ । आजकालका युवायुवतीहरु रक्सी, गाँजा, भांगहरु खाएर मातिने जस्ता काम गर्छन् जसलाई राम्रो मानिदैन ।
हाेली पहाडी क्षेत्रमा फागु पुर्णिमाको दिन मनाइन्छ भने त्यसको भोलीपल्ट तराई जिल्लाहरुमा मनाइन्छ । फागु शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि विभिन्न रङ्गहरुले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिन्छ । त्यसै गरि होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भब्य हुन्छ ।
मुख्य शहरहरु काठमाडौ, पाेखरा, भरतपुर, चितवन, बिराटनगर, धनगढी लगायतकाे ठाउँमा होलीको रौनक अझै फरक हुन्छ । विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । यसैगरी होलीका दिन अप्रिय घटना नहाेस भनेर विभिन्न ठाउँमा प्रहरीले कडा सुरक्षा जाँच गरिन्छ ।