काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य गए रातिदेखि लागू हुने गरि फेरि बढाएको छ । निगमले डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।
नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १५५, मट्टितेल र डिजेल १३८ रुपैयाँ पर्छ । हवाई इन्धनतर्फ आन्तरिकतर्फ १५ रुपैयाँ बढेको छ र प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ । अन्तराष्ट्रियतर्फ प्रति किलोलिटर २०० डलर बढेको छ । यससँर्गै प्रति किलोलिटर मूल्य १४९५ अमेरिकी डलर पुगेको छ । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेको छैन ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढेसँगै भारतीय आयल निगमले बुधबार नयाँ मुल्य सुचि पठाएकाे थियोे । आयल निगमले बढेको मुल्य समायोजन गरि पेट्रोलियम पदार्थको मुल्य बढाएको हाे ।