निर्वाचन आयोगले स्थानीय तहकाे निर्वाचन कार्यतालिका सार्वजनिक

  गाैरीशंकर टाइम्स सम्बाददाता  266 पटक हेरिएको

काठमाडौ । निर्वाचन आयाेगले स्थानीय तहकाे निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । आयाेगले बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन कार्यतालिका स्वीकृत गरि प्रकाशित गरेको हाे ।

आयाेगले प्रकाशित गरेको कार्यतालिका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारकाे मनाेनयनपत्र दर्ता गरि निर्वाचन कार्यक्रम सुरु गरिने छ । निर्वाचन कार्यतालिका अनुसार १२ गते नै मनाेनयनपत्र दर्ताकाे सुची प्रकाशन गर्ने, बैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, बैशाख १४ र १५ गते उजुरी उपर जाँजबुझ गरि निर्णय गर्ने, बैशाख १५ गते नै उम्मेदवारकाे नामावली प्रकाशन गर्ने, बैशाख १६ गते उम्मेदवारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन गर्ने र बैशाख १७ गते चुनाव चिन्ह प्रदान गर्ने रहेको छ ।

त्यसैगरी बैशाख ३० गते स्थानीय निर्वाचनको मुख्य मतदानको कार्य बिहान ०७ बजेदेखि बेलुका ५ बजेसम्म रहने आयाेगका प्रवक्ता शालिकग्राम शर्मा पाैडेलले बताए ।                           

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार