दाेलखा । गाैरीशंकरमा कृषकलाई व्यावसायिक माैरीपालन तालिम सुरु गरेको छ । गाैरीशंकर गाउँपालिका कृषि तथा पशुपंक्षी विकास शाखाकाे आयोजना र ९ नम्बर वडाको व्यवस्थापनमा ४ दिने माैरीपालन तालिम सुरु गरिएको हाे ।
वडाअध्यक्ष छिरीङ शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि एवं पालिका उपाध्यक्ष उर्मिला थामी केसीले उद्घाटन गर्नु भयो । साे कार्यक्रम वडा सचिव एवं प्राविधिक छविप्रकाश वलीले औपचारिक सञ्चालन गरेका थिए ।
मौरीपालन कृषि तालीममा टासीनाम, सिमीगाँउ र रिकु गरि १३ जना कृषकको सहभागी रहेको थियोे । कृषि तालिम चैत ६ गते आईतवारदेखि ९ गते बुधबारसम्म सञ्चालन हुने वडाअध्यक्ष शेर्पाले जानकारी दिए । खाना, खाजा र आवास सहितको सुविधा वडाले व्यवस्थापन गरेको तालिममा सहभागी प्रशिक्षार्थीलाई माैरीकाे गोला सहितको घार वितरण गरिए ।
तालिमलाई सम्बाेधन गर्नुहुँदै प्रमुख अथिती उर्मिला थामी केसीले स्थानीय कृषि क्षेत्रलाई उत्पादनमूलक बनाए मात्र आर्थिक आयआर्जनमा मजबुत हुने बताए । उनका अनुसार आयआर्जनका मुख्य स्रोत नै कृषि भएको हुदाँ सहभागीलाई तालिमबाट व्यावसायिक र व्यावहारिक बन्न उत्प्रेरित गरे । वडा र गाउँपालिकाकाे लगानी नै मुख्य कृषिमा रहेको हुदाँ कृषकले मजबुत रुपमा उत्पादन गर्नुपर्ने वडाअध्यक्ष छिरीङ शेर्पाले बताए । उनलेे कृषक जागरुक भैई उत्पादन गरेमा बिक्रीवितरण गर्ने र बजार व्यवस्थापनकाे लागि वडापालिकाले सहयोग गर्ने बताए । तालिममा सहभागी सबैलाई सफलताको शुभकामना दिदै कृषिमा आधुनिक प्रविधिकहरु भित्रिएको हुदाँ व्यावसायिक बन्न अनुरोध गरे ।
चार दिनसम्म सञ्चालन हुने माैरीपालन व्यावसायिक कृषि तालिमका प्रदान गर्न कृषि तथा पशुपन्छी मन्त्रालय, बागमती प्रदेशका कृषि विज्ञ टीकाबहादुर खत्री, गाैरीशंकर गाउँपालिका कृषि शाखा प्रमुख सुरेश वली, गौरीशंकर गाँउपालिका वडा नम्बर ३ का कृषि प्राविधिक जीवन शर्मा रिमाल र साेहि वडापालिकाकाे कृषि प्राविधिक कमला तामाङ रहेको छ ।