दोलखा । नेकपा एमालेकाे भातृ संगठन राष्ट्रिय जनसाँस्कृतिक महासंघ दोलखाको जिल्ला अधिवेश सम्पन्न भएको छ । महासंघको अधिवेशनले नयाँ नेतृत्व गठन गर्दै सम्पन्न भएको हाे ।
बुधबार चरिकोटमा सम्पन्न नवाै अधिवेशन सन्तोष पाेखरेलकाे अध्यक्षता र महासंघका महासचिव प्रेमनाथ अधिकारीकाे प्रमुख अतिथमा भएको हाे । साे कार्यक्रममा केन्द्रिय सचिव कालिका पाठक, दोलखाका पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठ, सचिव हिरा थोकर र महासंघका केन्द्रीय सदस्य छेवाङ लामा लगाएतको उपस्थिति रहेको थियो ।
जिल्ला महासंघमा आगामी तीन वर्षको लागि सन्तोष पोखरेलको अध्यक्षतामा २० नयाँ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको छ । साे कार्यसमितिका नवनिर्वाचित अध्यक्ष पाेखरेलले जनभावनालाई पार्टीप्रतिकाे आस्था र भराेसा टुट्न नदिने बताए । अधिबेशन पश्चात् नवनिर्वाचित पदाधिकारीकाे पहिलो बैठक समेत सम्पन्न गरेको छ ।