काठमाडौँ । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । शाहलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न बिहीबार आदेश दिएको हाे ।
जिल्ला अदालतमा शाहको पक्षबाट ११ जना र पीडितको पक्षबाट ९ जना कानुन व्यावसायीले बहसमा भाग लिएका थिए । प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिल कार्यालय तनहुँले अभियोगपत्र दर्ता गरेसँगै गत मंगलबार दिउँसो ३ बजेदेखि शाहको बयान लिइएको थियो ।
बुधबारदेखि सुरु भएको थुनछेक बहस बिहीबार सकिएपछि जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएकाे हाे । त्यससँगै शाह तनहुँ जिल्ला कारागार थुनाका लागि चलान भएका हुन ।