सिंगटी, दाेलखा । कालिन्चोक गाउँपालिकालाई स्थानीय तह बालमैत्री घाेषणा गरेको छ । साे पालिकालाई स्थानीय शासन कार्यन्वयन निर्देशिकाकाे मापदण्ड बमोजिम बालमैत्री गाउँपालिका घाेषणा गरेको हाे ।
चैत १२ गते शनिबार सिंगटीमा आयाेजित घाेषणा कार्यक्रमलाई पूर्वमन्त्री एवं संघीय सांसद पार्वत गुरुङले उद्घघाटन गर्नु भएकाे थियोे । कार्यक्रमलाई सम्बाेधन गर्नु हुदै पुर्वमन्त्री गुरुङले नगरपालिका सहित सबै स्थानीय तहलाई प्रक्रिया पूरा गरेर बलमैत्री स्थानीय तहमा रुपान्तरण गर्नुपर्ने बताए ।
कार्यक्रममा शुभकामना दिनुहुदै जिल्ला समन्वय समितिकाे प्रमुख डवल पाण्डेले पालिका अध्यक्ष विन कुमार थामीलाई गाउँपालिका स्थानीय तह बालमैत्री घोषणाकाे प्रमाणपत्र हस्तान्तरण गर्नु भयाे । पाण्डेले स्थानीय तहको शासन कार्यन्वयन निर्देशिका-२०७८ बमोजिम सुचक, प्रक्रिया र मापदण्ड पुरा गरि कालिन्चाेक गाउँपालिका स्थानीय तह बालमैत्री घाेषणका लागि योग्य रहेको बताए ।