अनेरास्ववियु दाेलखाकाे कालिन्चोक र बिगुकाे संयुक्त प्रथम अधिबेशन सम्पन्न

  विष्णुराज गुरुङ  224 पटक हेरिएको

सिंगटी, दाेलखा । नेकपा एमाले निकट विद्यार्थी भातृसंगठन अनेरास्ववियुकाे दुईवटा पालिका स्तरीय अधिवेशन सम्पन्न गरेको छ । अनेरास्ववियु दाेलखाकाे कालिन्चाेक र विगु गाउँपालिका स्तरीय संयुक्त अधिबेशन सिंगटीमा सम्पन्न भएको हाे ।

अनेरास्ववियु दाेलखाले आयोजना गरेको प्रथम गाउँपालिका स्तरीय अधिबेशन नेकपा एमालेकाे पोलिटब्युरो सदस्य एवं संघीय सांसद पार्वत गुरुङकाे प्रमुख अतिथि र जिल्ला समन्वय समितिको प्रमुख डबल पाण्डेकाे विषेश अतिथ्यमा सम्पन्न भएको हाे ।

चैत १२ गते शनिबार सम्पन्न अनेरास्ववियु दाेलखाकाे अधिबेशन अर्जुन खड्काकाे अध्यक्षतामा भएको हाे । साे कार्यक्रममा अनेरास्ववियुकाे केन्द्रीय स्थायी कमिटी सदस्य रमेश श्रेष्ठ, जिल्ला इन्चार्ज शक्ति पाठक, जिल्ला सचिव जीबछिरीङ शेर्पाकाे उपस्थिति रहेको थियोे ।

अधिबेशनबाट कालिन्चाेक गाउँपालिका स्तरीय कमिटीका अध्यक्षमा मणिराज शिवाकोटी, उपाध्यक्षमा सीता बुढाथोकी, सचिवमा लजुना नेपाली, सहसचिवमा क्रमश रुपेश आर्चय, विकास थामी, अनमाेल तामाङ र काेषाध्यक्षमा बिन्दा मैनाली सहित २८ सदस्यीय कमिटी गठन गरेको छ ।

त्यसै गरि साे अधिबेशनले विगु गाउँपालिका स्तरीय कमिटीका अध्यक्षमा अंकित थामी, उपाध्यक्षमा नारायण ढुंगेल, सचिवमा पासाङदिकी शेर्पा सहसचिवमा क्रमश प्रतिज्ञा पाण्डे, निम्सा श्रेष्ठ, पार्वती थापा, करिस्मा बुढाथोकी र काेषाध्यक्षमा शक्तिराज जाेशी सहित २९ सदस्यीय कमिटी गठन गरेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार