गाैरीशंकर झ्याँकुकाे वडा सदस्यसहित सिंगाे माओवादी नै एमालेमा प्रवेश

माओवादीका अध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

  गाैरीशंकर टाइम्स सम्बाददाता  370 पटक हेरिएको

सुरी, दाेलखा । नेकपा एमाले गाैरीशंकर कमिटीले पार्टी कार्यलयकाे नवनिर्मित भवन उद्घघाटन गरिएको छ । सुरीकाे गुफा डाडामा आयाेजित कार्यक्रमबाट पालिका कमिटीको पार्टी कार्यलयकाे नवनिर्मित पुष्पलाल स्मृति भवनकाे समुद्घघाटन गरिएको हाे ।

नेकपा एमाले गाैरीशंकर पार्टी कमिटी अध्यक्ष जंग गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम पुर्व मन्त्री एवं पाेलिटव्युराे सदस्य पार्वत गुरुङकाे प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । साे कार्यक्रममा जिल्ला ईन्चार्ज एवं पुर्व प्रदेशमन्त्री सरस्वती बस्नेत, जिल्ला सह-ईन्चार्ज एवं समन्वय समिति प्रमुख डवल पाण्डे, जिल्ला पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठ, सहसचिव धर्मेन्द्र माेक्तान, बागमती प्रदेश कमिटी सदस्य उर्मिला थामी केसी, पालिका इन्चार्ज साेयमबहादुर खड्का लगायतका उपस्थिति रहेको थियोे ।

पालिका पार्टी अध्यक्ष जंग गुरुङको निजि लगानीमा खरिद गरिएको जग्गामा निर्मित पुष्पलाल स्मृति भवनमा संगठनको पार्टी कार्यलय सञ्चालन गरिनेछ । प्रदेश र पालिकाबाट विनियोजित रकम तीस लाखको लगानीमा पक्की भवनको भाैतिक संरचना निर्माण गरिएको अध्यक्ष गुरुङले बताए । साेहि भवनबाटै आगामी दिनमा विकास निर्माण कार्यदेखि पार्टी संगठनको गतिविधिसम्म गरिने अठोट समेत प्रतिबद्ध व्यक्त गरे ।

माओवादी केन्द्र दोलखाका लोकप्रिय नेता एवं निर्वाचन क्षेत्र (क)का संयोजक एवं अघिल्लो निर्वाचनका पालिकाका अध्यक्ष उम्मेदवार निमा लामा, माओवादी केन्द्र दोलखाका सचिवालय सदस्य शंखङिमा शेर्पा (रकेट), अखिल कान्तिकारीका केन्द्रीय सचिवालय सदस्य एवं वागमती प्रदेशका उपाध्यक्ष मिङगुर शेर्पा, माओवादी केन्द्र पालिका सह-सचिव अशोक तामाङ लगायतका दर्जनौ नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रबेश गरेको छ ।

गाैरीशंकर गाउँपालिका नेकपा माओवादी केन्द्रका ४ नम्बर वडाका निर्वाचित सदस्य छिरीङ डाेमा शेर्पा र नेपाली कांग्रेसका ढालबहादुर खत्री सहित दर्जनौं नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा पार्टी प्रबेश गरेको हाे । साे कार्यक्रममा नव प्रवेशीहरुलाई प्रमुख अतिथि पार्वत गुरुङ, सरस्वती बस्नेत, नरबहादुर श्रेष्ठ लगायतले खादा, अबिर तथा पार्टी सदस्य कार्ड वितरण गरि स्वागत गरेका थिए ।

कार्यक्रममा बाेल्दै नवप्रवेशी निमा लामाले नेतृत्वकाे पारिवारिक र व्यक्तिगत स्वार्थले गर्दा पार्टी कार्यकर्ताले दुख पाएकाे र वर्षाैदेखिकाे पार्टीमा गरेको याेगदानका कुनै मुल्यांकन नभएको गुनासो गरे । वडासदस्य छिरिङ डाेमा शेर्पाले माओवादी केन्द्रले विगतमा धेरै पाठ सिकाएको र पार्टीप्रति कुनै गुनासो नभएको हुदा धन्यवाद समेत दिए । अबकाे दिनमा पार्टीले दिएको सम्पूर्ण जिम्मेवारी पूरा गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार