काठमाडौ । नेकपा एमाले गाैरीशंकरले चुनाव केन्द्रीत प्रशिक्षण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । गाैरीशंकर गाउँपालिका ९ नम्बर वडा कमिटीले काठमाडौमा उपस्थित युवा तथा कार्यकर्ता बीच कार्यक्रम आयाेजना गरि भेला सम्पन्न गरेको हाे ।
आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्ष्यित गरि वडा कमिटीले आयोजना गरिएको साे प्रशिक्षण भेला वडा इन्चार्ज यान्टी शेर्पाको अध्यक्षता र वागमती प्रदेश कमिटीका सदस्य उर्मिला थामीकाे प्रमुख अतिथ्य र पालिका इन्चार्ज साेयम बहादुर खड्काको बिशेष अतिथ्यमा सम्पन्न भएको हाे । साे कार्यक्रममा जिल्ला कमिटी सदस्य निमा लामा, पालिका कमिटी अध्यक्ष जंग गुरुङ लगायतको उपस्थिति रहेको थियो । साे कार्यक्रम वडाअध्यक्ष छिरीङ शेर्पाले सञ्चालन गरेकाे थियोे ।
शनिबार आयाेजित साे कार्यक्रममा स्थानीय सरकारले गरेको विकास निर्माणका कार्यदेखि विनियोजित बजेटहरुकाे प्रभावकारीता बारे छलफल भएको थियोे । बिकास निर्माण र प्रभावकारी योजना कार्यन्वयनका लागि स्थानीय सरकार र पार्टी सदैव अग्रसर रहेको पालिका इन्चार्ज खड्काले बताए । उनका अनुसार भाैगाेलिक संरचनाको कारणले वडामा समानुपातिक विकास गर्न नसकिएको बताए ।
स्थानीय तहमा समानुपातिक ढंगले विकास निर्माणका लागि नेकपा एमाले सरकारमा रहुुन्जेल प्रयत्न गरेको पालिका कमिटीका अध्यक्ष गुरुङले बताए । उनलेे संघीय सरकार बाहिर भएतापनि बिकास निर्माणका पहल भने जारी नै राखेको बताए । आगामी बैशाखमा हुने निर्वाचनमा पनि एमालेलाई बहुमतका साथ अग्रपंक्तिमा ल्याउन सबैले सहयोग गर्न समेत आग्रह गरे ।