गाैरीशंकरकाे जुगुँमा विपक्षी दलमा कार्यकर्ता रित्तिदै एमाले प्रवेशको लहर बढ्यो

  गाैरीशंकर टाइम्स सम्बाददाता  540 पटक हेरिएको

काठमाडौ । नेकपा एमाले गाैरीशंकर काठमाडौ जुगुँ सम्पर्क मञ्चकाे अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । गाैरीशंकर गाँउपालिका जुँगुबाट काठमाडौमा बसाेबास गर्ने युवा तथा कार्यकर्ताहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हाे ।

काठमाडौकाे जडिबुटी स्थित राेयल जडिबुटी बैक्वेटमा नेकपा एमाले पाेलिटव्युराे सदस्य आनन्दप्रसाद पाेखरेलकाे प्रमुख अतिथ्यमा सम्पन्न साे कार्यक्रममा बिशिष्ट अतिथि पाेलिटव्युराे सदस्य एवं संघीय सांसद पार्वत गुरुङ, केन्द्रीय सदस्य सरस्वती बस्नेत, पालिका इन्चार्ज साेयम बहादुर खड्का, पार्टी अध्यक्ष जंग गुरुङ लगायत जिल्ला तथा पालिका स्तरीय नेताहरूको उपस्थित रहेको थियो ।                                                                                   

आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई लक्ष्यित गरेर नेकपा एमाले गाैरीशंकर पार्टी कमिटीले प्रशिक्षण तथा कार्यकर्ता अगुवा भेला गरिदै आएको छ । त्यसैगरी शनिबार गाैरीशंकर जुँगुकाे १ र २ नम्बर वडाको सर्म्पर्क मञ्चद्वारा संयुक्त आयाेजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दुई दर्जनभन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जादाँ एमालेमा प्रवेश गर्ने लहर दिनहुँ बढ्दै गएको छ ।

नेकपा एमालेको चुनाव केन्द्रीत अभियान अन्तर्गत जिल्ला भर प्रशिक्षण तथा अगुवा भेला कार्यक्रम तिब्ररुपमा सञ्चालन हुदै आएको छ । विभिन्न प्रशिक्षण तथा अगुवा भेला मार्फत नेता तथा युवा कार्यकर्ताहरु माओवादी केन्द्र, नेकपा (एस) र नेपाली कांग्रेस परित्याग गरि एमाले प्रवेश गर्ने लहर बढेको हाे ।           

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार