काठमाडौ । गाैरीशंकरकाे स्थानीय जनप्रतिनिधिले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाकाे प्रतिनिधिसंग भेटवार्ता गरेको छ । काठमाडौं स्थित आयोजनाकाे कार्यलयमा जनप्रतिनिधि, स्थानीय अगुवा र तामाकोसी आयोजनाकाे प्रतिनिधि बीच भेटवार्ता भएको हाे ।
चैत २० गते आइतबार नेकपा एमाले गाैरीशंकर गाउँपालिका कमिटीको अध्यक्ष जंग गुरुङको नेतृत्वमा भएको भेट वार्ता तथा छलफलमा बागमती प्रदेश सभा सदस्य सरस्वती बस्नेत, जनप्रतिनिधि गाउँपालिका प्रमुख साेयम बहादुर खड्का, उप-प्रमुख उर्मिला थामी, जिल्ला कमिटी सदस्य निमा लामा, शंखनिमा शेर्पा, यान्टी शेर्पा, ९ नम्बर वडाध्यक्ष छिरीङ शेर्पा लगायत युवा तथा स्थानीयहरूकाे सहभागी रहेको थियोे । तामाकोसी आयोजनाकाे तर्फबाट कार्यकारी प्रमुख विज्ञानप्रसाद श्रेष्ठ, आयोजना प्रमुख दिनेशजङ्ग राणा, वातावरणविद् डा. गणेश न्याैपाने र राेल्वालिङ खाेला हाइड्रोका आयोजना प्रमुख मनाेज ताम्राकार सहभागी रहेको थियोे ।
उक्त छलफलमा नेकपा एमाले गाउँपालिका कमिटीका अध्यक्ष जंग गुरुङ र गाउँपालिका प्रमुख साेयम बहादुर खड्काले स्थानीयकाे समस्या, सडक पूर्वाधार, विधुत, स्वस्थ्य, शिक्षा, राेजगार लगायतको विषयमा मुख्य एजेन्डा बनाई रिपोर्टिङ गरेका थिए । फेदी-टासीनाम ग्रामीण सडक निर्माण गर्न आयोजनाले सहयोग गरेकोमा धन्यवाद दिदै छ्याेतछ्याेत-सिमीगाउ जाेड्ने ग्रामीण सडकबाटाे गाउँपालिकाबाट डिपिआर हुदै भएकोले साे सडक निर्माणका लागि आयोजनालाई सहयोगीको अपिल समेत गरे ।
नेकपा एमाले पालिका कमिटीका अध्यक्ष गुरुङले निर्माणाधीन २२ मेघावाटकाे राेल्वालिङ हाइड्रोले सडक बाटो निर्माण गरिदिन आग्रह गर्दै आयोजनालाई ज्ञापनपत्र समेत बुझाएको बताए । तामाकोसी आयोजनाले गाैरीशंकरका प्रभावितलाई सेयर वितरण गर्दा पनि विभेद गरि असहयोग गरेकोे वडाअध्यक्ष छिरीङ शेर्पाले गुनासो गरे । उनलेे विकास निर्माण कार्यलाई पनि त्यस्तै विभेदकारी र बेवास्ता गरेकाे हुदा समानुपातिक ढंगले समेट्न आग्रह गरे ।
साे छलफलमा आयोजनाका तर्फबाट कार्यकारी प्रमुख विज्ञानप्रसाद श्रेष्ठले गाैरीशंकरमा स्थानीयकाे आवश्यकता अनुसार क्रमशः विकास निर्माण गरिदै जाने बताए । उनलेे विगतका कार्यहरु स्मरण गराउदै स्वस्थ्य, शिक्षा, खानेपानी, राेजगारी समेत स्थानीयलाई पहिलो प्राथमिकता दिदै आएको बताए । सडक बाटो निर्माणका लागि भाैगाेलिक संरचनाको कारणले तत्काल सम्भावना नहुने भएको हुदाँ हाल गाेरेटाे बाटो र राेप-वे मार्फत निर्माण सामाग्री ढुवानी गरि राेल्वालिङ हाइड्रोकाे काम सुचारू गरिने समेत जानकारी गराए । गाैरीशंकरमा स्थानीय सरकार र आयोजनाबीच सहकार्य भैई सडक पूर्वाधार निर्माणको लागि सहजीकरण गर्ने बताए ।
माथिल्लो तामाकोसी आयोजनाले ४५६ मेघावाट विधुत उत्पादनका लागि राेल्वालिङ खाेला डाईभर्सन गर्नु पुर्व राेल्वालिङ हाइड्रोबाट २२ मेघावाट विधुत उत्पादन गरिनेछ । साे आयोजना तामाकोसीकै स्वामित्वमा निर्माण हुने भएकोले स्थानीयले थप सेयर नपाउने तामाकोसीकाे वातावरणविद् डा. गणेश न्याैपानेले स्पष्ट पारे । छलफलमा सहभागी पार्टी प्रतिनिधि र जनप्रतिनिधिहरुले त्यस बारे कुनै जिज्ञासा भने राखिएन ।