आयल निगमले इन्धनको मुल्य फेरि बढाए, पेट्रोल प्रतिलिटर १६० रुपैया

  गाैरीशंकर टाइम्स सम्बाददाता  347 पटक हेरिएको


काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढेसंगै मुल्य समायोजन गरि पेट्रोलियम पदार्थको मुल्य बढाएको हाे । निगमका अनुसार बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने गरि बढाएको हाे ।                                                   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार