काठमाडौं । न्यूराेड भाैगाेलिक संरचनाले समथर भूगोलकाे रुपमा लिइन्छ । भूगोल समथर भएतापनि मानवनिर्मित आवसीय र व्यावसायिक भाैतिक संरचनाले गर्दा जताततै घरैघरकाे दृश्य देखिन्छ । यस क्षेत्र यातायात, स्वास्थ, शिक्षा, टेलिफोन लगायत भौतिक पुर्वधारकाे सुविधासम्पन्न ठाउँ हाे ।यस क्षेत्र राष्ट्रकै प्रमुख व्यावसायिक मुटु भएको हुदा ठुला-ठुला व्यवसायिक र पुँजीपतिहरुकाे आश्रय स्थल भनेर पनि चिनिन्छ ।
काठमाडौ धार्मिक, साँस्कृतिक र ऐतिहासिक पुरातात्त्विक सम्पदाहरुकाे संरक्षणका केन्द्र पनि हाे । त्यस्तै पुरातात्त्विक र धार्मिक स्थलहरु मध्ये संकटा मन्दिर संकटा देवीको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ जसलाई टेबहाल भनिन्छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवी अवस्थित छ भने तल्लो तल्लामा करुणामई अवस्थित रहेको छ । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ ।
चैत २६ गते शनिबारका दिन बिहानको करिबकरिब पाँच बजेको थियोे । सडक बाटोको छेउछाउमा बाग्लै माेटरसाईकल र स्कुटीहरुका पार्किङ र पुजा सामाग्री बेच्ने पसलेहरुकाे भिड थियोे । त्यस्तै मन्दिरकाे ढाेकाबाट दर्शनार्थी भक्तजनहरुकाे भिडभाड सुरुभैई नयाँ सडक गेट, सडककाे तिर हुदै, खिचापाेखरी र सुन्धारा स्थित धरहरासम्म लाइन रहेकाे थियाे । भक्तजनहरु हातहातमा पुजाकाे सामाग्री लिएर घण्टाैसम्म लाइनमा बसी पुजा गर्ने र संकटादेवीको दर्शन गर्ने ठुलो अपेक्षामा थियोे । कहालीलाग्दो लाइन पारगर्दै मन्दिर प्राङ्गणमा प्रवेश गर्ने व्यवस्था थियोे । तर मन्दिरको मुल गेट भने बन्द रहेको हुदाँ दर्शनार्थीहरु बाहिरैबाट फुलपाती चढाएर हिड्नु पर्ने बाध्यता रह्यो । मन्दिरमा समितिले मानिसहरूकाे भिडभाडलाई व्यवस्थापन र पुजापाठलाई सहजीकरण गर्न स्वयंसेवक खटाएको थियो ।
मन्दिरकाे आसपासमा पुजापाठकाे लागि लामबद्घ पण्डित र साँधुहरु रहेको थियोे । धार्मिक मान्यता अनुसार शनिबार संकटादेविकाे दर्शन गरि ग्रहशान्तिका लागि साँधुलाई चैते दान दक्षिणा गरेमा मनाेदशाग्रह हट्ने विश्वास रहेकाे छ ।