दोलखा । नेकपा एमाले गौरीशंकर पालिका कमिटीले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि प्रमुखमा दुई जनाको नाम सिफारिस गरेको छ । पालिका कमिटीको पाँचौ बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो ।
शनिबार बसेकाे बैठकले कमिटीको पालिका इन्चार्ज सोयम बहादुर खड्का र पालिका कमिटीको अध्यक्ष जंग गुरुङको नाम प्रमुखमा सिफारिस गरेको हो । साे बैठकबाट उपप्रमुखमा उर्मिला थामीलाई सिफारिस गरेको छ । खड्का र थामी स्थानीय तहको निर्वाचन २०७४ मा एमालेबाट प्रमुख र उपप्रमुखमा निर्बाचित जनप्रतिनिधि हुन ।