दाेलखा । नेकपा एमाले भातृसंगठन नेपाल खेलकुद महासंघ(नेकोस) दाेलखाकाे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । साेमबार नेकाेसले चरिकोटमा दाेश्राे जिल्ला अधिबेशन सम्पन्न गरेको हाे ।
नेकाेसकाे अधिबेशन अर्जुन थापाको अध्यक्षतामा र केन्द्रीय स्कुल बिभागका प्रमुख प्रभात बिक्रम कटवालको प्रमुख अतिथ्यमा सम्पन्न भएको हाे । साे कार्यक्रममा पाटीका पाेलिटव्यूराे सदस्य आनन्दप्रसाद पाेखरेल, जिल्ला इन्चार्ज सरस्वती बस्नेत, पाटी जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे । उक्त कार्यक्रममा नेकाेसका बागमती प्रदेश कमिटी अध्यक्ष सिताराम कार्की, दोलखा इन्चार्ज रिनन पोखरेल, जिल्ला सहइन्चार्ज नेत्र माेक्तान, युवा संघ नेपालको केन्द्रीय प्रचार बिभाग प्रमुख महाराज गुरुङकाे सहभागी रहेको थियोे ।
उक्त नेकाेसकाे अधिबेशनबाट अध्यक्षमा बिनोद तामाङ, उपाध्यक्षमा नुर्वु तामाङ, साबित्री उप्रेती, सचिवमा दामोदर जाेशी, काेषाध्यक्षमा पवन खड्का सहित ४८ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित गरिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाटीलाई बिजय गराउन र सक्रिय परिचालित हुन नेकाेसका केन्द्रीय खेल साँस्कृतिक प्रबर्द्धन बिभागका प्रमुख तिर्थ बहादुर खड्काले आग्रह गरे । उनले अधिबेशनबाट थप जिम्मेवारी दिएका हुनाले सबै नवनिर्वाचित पदाधिकारीलाई बधाई दिदै सक्रिय सहभागी हुन अनुरोध गरेका हुन ।