काठमाडौ । गुरुङहरुकाे साझा संस्था तमू ह्यूल धोँज धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय अध्यक्षमा कर्णबहादुर गुरुङ निर्वाचित भएको छ । परिषद्को चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट गुरुङ अध्यक्षमा निर्वाचित भएको हो। महाधिवेशनले गुरुङको अध्यक्षतामा ६७ नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । चैत २८ देखि २९ गतेसम्म चितवनमा सम्पन्न महाधिवेशनबाट १८ बुद्घे धाेषणापत्र जारी गर्दै १९ जना पदाधिकारी, ७ जना प्रदेश प्रमुख र ३९ जना केन्द्रीय सदस्य निर्वाचित गरेको छ।
त्यसैगरी संस्थाको पदाधिकारीहरु बरिष्ठ उपाध्यक्ष आरवि गुरुङ(काठमाडौं), उपाध्यक्ष यमबहादुर गुरुङ(स्याङजा), टेकबहादुर गुरुङ(ओखलढुङगा), नरबहादुर गुरुङ(गोरखा), धनमान गुरुङ(तनहुँ), मेनबहादुर घले(लमजुङ), लक्ष्मण गुरुङ(खोटाङ) र महिला उपाध्यक्षमा भगवती गुरुङ(गोरखा) निर्वाचित भएको हाे ।
कार्यसमितिकाे महासचिवमा डम्बरबहादुर गुरुङ(सुनसरी) सहमहासचिवमा मनोज गुरुङ(कास्की), उपमहासचिवमा राजु गुरुङ(गोरखा), दिल गुरुङ(गोरखा), सचिवमा सन्तलाल गुरुङ(चितवन), गोपाल गुरुङ(धादिङ), जिएस गुरुङ(प्युठान), महिला सचिवमा देवकुमारी गुरुङ(काठमाडौ), कोषाध्यक्षमा श्रीप्रसाद गुरुङ(स्याङजा) र सहकोषाध्यक्षमा गंगाबहादुर गुरुङ(ललितपुर) निर्वाचित भएको छ ।
त्यसैगरी प्रदेश प्रमुखमा प्रदेश नम्बर १ मा केशरमान गुरुङ, मधेस प्रदेशमा एकबहादुर गुरुङ, बागमती प्रदेशमा गणेशबहादुर गुरुङ, गण्डकी प्रदेशमा दलबहादुर गुरुङ, लुम्बिनी प्रदेशमा झपटबहादुर गुरुङ, कर्णाली प्रदेशमा नन्दबहादुर गुरुङ, सुदुरपश्चिम प्रदेशमा मनबहादुर गुरुङ र काठ्माण्डौ उपत्यका प्रमुखमा लोकबहादुर गुरुङ, सचिवालय सदस्यमा हरिमाया गुरुङलाई निर्वाचित गरेको छ।
महाधिवेशनले तमू बौद्ध सेवा समिति विशेष संगठनबाट सदस्यमा टिकाराम गुरुङ, अनुशासन समिति संयोजकमा केवलमान गुरुङ र लेखा समिति संयोजकमा खेमजङ गुरुङलाई निर्वाचित गरेको छ ।