दोलखा । नेकपा माओवादी केन्द्रले गौरीशंकर गाउँपालिकाको प्रमुखमा विश्वास कार्कीलाई उम्मेदवार सिफारिस गरेको छ । पालिका कमिटीकाे बैठकबाट कार्कीलाई प्रमुखको उम्मेदवारमा सर्वसम्मतिले सिफारिस गरेको हो ।
माओवादी केन्द्रको पालिका स्तरीय बैठकले आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि कार्कीलाई पालिका प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेकाे हाे । कार्की माओवादी केन्द्र दोलखाका संस्थापक नेता गंगा कार्की(विश्व)का छोरा हुन् । उनका बाबु माओवादी केन्द्रका जिल्ला संस्थापक नेता भएको हुदा सानै बाल्यकालदेखि जनयुद्धमा होमिएका थिए ।
कार्की अनेरास्ववियुकाे जिल्ला कमिटीबाट बिद्यार्थी राजनीति सुरु गरि केन्द्रीय सदस्य र गौरीशंकर गाउपालिका पार्टी ईन्चार्ज समेत हुन । उनी पुर्ब जनमुक्ति सेनामा समेत सक्रिय सहभागी भएका थिए ।