दोलखा । नेपाली कांग्रेसले मेलुङ गाउँपालिकाको प्रमुखमा बर्मा लामालाई उम्मेदवारमा सिफारिस गरेको छ । पालिका कमिटीकाे बैठकले लामालाई प्रमुखको उम्मेदवारमा सर्वसम्मतिले सिफारिस गरेको हो ।
आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि लामालाई प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेकाे हाे । लामा नेपाली कांग्रेस दाेलखाकाे पार्टी सभापति हुन् ।
दाेलखामा स्वच्छ छवि र प्रष्ट वक्ता लामाको बिचार धाराले कांग्रेस पार्टी सक्रिय रुपमा चलायमान हुदै आएको छ । लामो समयदेखि नै पार्टीमा प्रतिबद्ध भएर कुनै व्यक्तिगत लाभको खेतीमा नलागेको लामाप्रति जनताको ठुलै भराेसा रहेको अनुमान गर्न सकिन्छ ।