मेलुङ गाउँपालिका प्रमुखमा एमाले सचिव हिराको नाम सिफारिस

  गाैरीशंकर टाइम्स सम्बाददाता  718 पटक हेरिएको

दोलखा । नेकपा एमाले मेलुङ गाउँपालिकाको प्रमुखमा हिरा कुमार थोकरलाई उम्मेदवार सिफारिस गरेको छ । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा थाेकरलाई प्रमुखको उम्मेदवार बनाउन सिफारिस गरेकाे हाे ।

एमालेमा आकांक्षीहरु धेरै हुदा स्थानीय तहको उम्मेदवार सर्वसम्मतिले टुंगो लगाउन सकस परेको थियाे । मेलुङकाे लागि लामो समय छलफल गरी थाेकरलाई सर्वसम्मतिले उम्मेदवार बनाएको हाे ।

थोकर २०७४ काे निर्वाचित मेलुङ गाउँपालिका ३ नम्बर वडाध्यक्ष र पालिका प्रवक्ता हुन । त्यसैगरी उनी नेकपा एमाले जिल्ला पार्टी सचिब समेत हुन । स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा लामो रस्साकस्सी पछि पाटीले जिल्लामा उम्मेदवार टुंगो लगाउन बाध्यकारी भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार