दोलखा । नेकपा एमाले दोलखाले ९ वटै स्थानीय तहकाे उम्मेदवार टुङ्गो लगाएको छ । एमाले जिल्ला कमिटीको बुधबार बसेको बैठकले दुई नगर र सात पालिका गरि ९ वटै स्थानीय तहको उम्मेदवार छनाैट गरेको हो ।
एमालेको जिल्ला कमिटी बैठकले दुईवटा नगर प्रमुख र उपप्रमुख, सातवटा पालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङग्याएर नामावली प्रदेशमा सिफारिस गर्ने निर्णय गरेको पार्टी कार्यलय सचिव रमेश श्रेष्ठले जानकारी दिए ।
#*नगरपालिका तर्फ
१) भिमेश्वर नगर प्रमुख /उपप्रमुख :- भरत केसी/कमला बस्नेत
२) जिरी नगर प्रमुख/उपप्रमुख:- मित्र ब. जिरेल/कृष्णमाया बुढाथोकी
#*गाउँपालिका तर्फ
१) गाैरीशंकर, अध्यक्ष/उपाध्यक्ष:- जंग गुरुङ/मुना शिवाकोटी
२) विगु, अध्यक्ष/उपाध्यक्ष:- अच्युत केसी/देविका थामी
३) कालिन्चाेक, अध्यक्ष/उपाध्यक्ष:- गणेश शिवाकोटी/कविता थामी
४) मेलुङ, अध्यक्ष/उपाध्यक्ष:- हिरा कुमार थाेकर/गायत्री आचार्य
५) तामाकोशी, अध्यक्ष/उपाध्यक्ष:- अविषेक सुवेदी/अम्बिका पाेखरेल
६) शैलुङ, अध्यक्ष/उपाध्यक्ष:- धनबहादुर तामाङ/पार्वती कार्की
७) वैत्यश्र्वर, अध्यक्ष/उपाध्यक्ष:- माधवप्रसाद घिमिरे/नविना लामा,
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा लामो रस्साकस्सी पछि पाटीले जिल्लामा उम्मेदवार टुंगो लगाउन बाध्यकारी भएको थियोे । एमालेले सर्वसम्मतिमा उम्मेदवार टुंग्याए भनेपनि पार्टीभित्र केहि नेताहरुको असन्तुष्टि भने अझै कायमै रहेको छ ।