गाैरीशंकर गाउँपालिका प्रमुखकाे उम्मेदरमा सर्वसम्मतिले गुरुङलाई सिफारिस

  गाैरीशंकर टाइम्स सम्बाददाता  455 पटक हेरिएको

दाेलखा । नेकपा एमाले जिल्ला कमिटि दोलखाले गाैरीशंकर गाउँपालिका प्रमुखमा जंग गुरुङलाई सर्वसम्मत निर्णय गरि उठाएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गुरुङलाई प्रमुखमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

गाैरीशंकर गाउँपलिका-५ सुरी निवासी गुरुङ पालिका कमिटीको अध्यक्ष हुनुहुन्छ । गत चैच २६ गते पालिका कमिटीको बैठकले प्रमुखको पालिका इन्चार्ज साेयम बहादुर खड्का र पार्टी अध्यक्ष जंग गुरुङको नाम सिफारिस गरि जिल्ला कमिटीमा पठाएको थियो । त्यसैगरी बुधबार बसेको जिल्ला कमिटी बैठकले गुरुङलाई उम्मेदवार बनाएको हाे । प्रमुखको उम्मेदवारका लागि गुरुङलाई खड्काले समेत समर्थन गरेका हुन् ।                                                               

त्यस्तै, पालिका उपप्रमुखमा मुना सिवाकोटीलाई उठाउने निर्णय गरिएको छ । एमाले दोलखाले जिल्लाका अन्य नगर तथा पालिकाकाे प्रमुख र उपप्रमुखका उम्मेदवारहरु पनि टुंगो लगाएको छ । भिमेश्वर नगरपालिका पुरानै प्रमुख, उपप्रमुखकाे उम्मेदवार दाेहाेरिएकाे हुदा आकांक्षी उम्मेदवारहरुले विरोध गर्दै बागमती प्रदेश कार्यलयमा उजुरी दिएका छन । पार्टी नेतृत्वले उम्मेदवार छनाैट गर्न सर्वसम्मतकाे नाममा छलफल र बहस नगरी आफु खुसी निर्णय गरेकाे भन्दै पुनर्विचार गर्न समेत आग्रह गरेकोे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार