काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकाे ७४ औं स्थापमा दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । यसैगरी आजै नेकपा एमालेले देशभरि विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाउन लागिएको हाे ।
आज नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय थापाथलीबाट तुल्सीलाल स्मृति भवन च्यासलमा सर्दैछ । पार्टीका सबै कामहरू अब उक्त कार्यालयबाटै संचालन हुनेछ । यसैगरी एमालेले उक्त कार्यलयमै ‘कम्युनिस्ट योद्धा’ सम्मान कार्यक्रम राखेको छ । आगामी स्थानीय तह निर्वाचनको लागि पार्टीको घोषणापत्र पनि आज सार्वजनिक गर्ने र विभिन्न पार्टी परित्याग गरि आउनेहरुलाई प्रवेश गराउने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा एमाले अध्यक्ष केपी शर्मा ओली रहनु हुनेछ। कार्यक्रममा अन्य शिर्ष नेताहरु पनि उपस्थिति रहने जनाइएको छ।