दाेलखामा सत्तारूढ गठबन्धन उम्मेदवारकाे भागबन्डा टुंग्याए

  गाैरीशंकर टाइम्स सम्बाददाता  334 पटक हेरिएको

दाेलखा । सत्तारूढ पाँच दलले दाेलखामा गठबन्धन उम्मेदवारकाे भागबन्डा टुंगो लगाएको छ । बागमती प्रदेश स्तरीय गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनको उम्मेदवारमा दलीय सहमति सहित भागबन्डा टुंग्याएकाे हाे ।

बैशाख ९ गते नेपाली कांग्रेस बागमती प्रदेश कमिटीका सभापति इन्द्रबहादुर बानियाँकाे संयोजकत्वमा बसेको बैठकले पाँच दलको सहमतिमा गठबन्धन मिलाएको हाे । उक्त बैठकले बागमती प्रदेशको १३ वटै जिल्लाका नगर प्रमुख, उपप्रमुख पालिका अध्यक्ष, उपाध्यक्ष र जिल्ला समन्वय समितिको प्रमुख तथा उपप्रमुखमा गठबन्धन गर्ने सहमति गरेको हाे ।

पाँच दलिय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमाेर्चा रहेको छ । दाेलखाकाे २ नगर र ७ पालिकामा बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि गठबन्धन तयार गरि यसरी सहमति गरेको छ ।

१) भिमेश्वर नगरपालिका
मेयर :- नेपाली कांग्रेस,
उपमेयर:- नेकपा एकीकृत समाजवादी ।

२) जिरी नगरपालिका
मेयर :- नेपाली कांग्रेस,
उपमेयर:- नेकपा माओवादी केन्द्र

३) गाैरीशंकर गाउँपालिका
अध्यक्ष:- नेकपा माओवादी केन्द्र,
उपाध्यक्ष:- नेपाली कांग्रेस

४) विगु गाउँपालिका
अध्यक्ष:- नेकपा माओवादी केन्द्र,
उपाध्यक्ष:- नेपाली कांग्रेस

५) कालिन्चाेक गाउँपालिका
अध्यक्ष:- नेपाली कांग्रेस
उपाध्यक्ष:- नेकपा माओवादी केन्द्र,

६) तामाकोशी गाउँपालिका
अध्यक्ष:- नेकपा एकीकृत समाजवादी
उपाध्यक्ष:- नेपाली कांग्रेस

७) शैलुङ गाउपालिका
अध्यक्ष:- नेकपा माओवादी केन्द्र,
उपाध्यक्ष:- नेपाली कांग्रेस

८) मेलुङ गाउपालिका
अध्यक्ष:- नेकपा एकिकृत समाजवादी,
उपाध्यक्ष:- नेपाली कांग्रेस

९) बैत्यश्वर गाउपालिका
अध्यक्ष:- नेकपा माओवादी केन्द्र,
उपाध्यक्ष:- नेपाली कांग्रेस

जिल्ला समन्वय समिति
प्रमुख:- नेकपा माओवादी केन्द्र,
उपप्रमुख:- नेकपा एकीकृत समाजवादी
सदस्यहरु:- नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार