दाेलखा । नेकपा एमाले भिमेश्र्वर नगर कमिटीले बाजागाजा सहित मनाेनयन दर्ता गरेको छ । एमाले नगरकमिटीले नगरपालिकामा मेयर, उपमेयर, नगर वडाअध्यक्ष र सदस्यहरुकाे उम्मेदवार मनाेनयन दर्ता गरेको हाे ।
आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चुनावमा भाग लिने दलहरुलाई चटारो चलेको छ । निर्वाचन आयाेगकाे निर्वाचन कार्यतालिका अनुसार बैशाख ११ र १२ गते उम्मेदवारको मनाेनयन दर्ता रहेको छ ।
भिमेश्वर नगरपालिकाकाे मेयरमा हरिबंश चाैलागाई र उपमेयरमा कमला बस्नेतकाे उम्मेदवार मनाेनयन दर्ता गरेको छ । यसअघि जिल्ला कमिटीले भिमेश्वरमा पुरानै मेयर भरत केसी र उपमेयर कमला बस्नेतलाई निरन्तरता दिने निर्णय गरेको थियोे । आकांक्षी उम्मेदवारहरुले पार्टीको एकलौटी निर्णयलाई तिब्र बिराेध गरेपछि भरत केसीलाई हटाएर हरिबंश चाैलागाईलाई मेयरमा सहमति गराई मनाेनयन दर्ता गरेको हाे । उपमेयरमा भने कमला बस्नेतलाई नै निरन्तरता दिएकोछ ।
आज नगरको सबै वडाअध्यक्ष सहित सदस्यहरूकाे समेत उम्मेदवार मनाेनयन दर्ता गरेको छ । एमालेको आकांक्षीहरु धेरै भएको हुदा जिल्लामा उम्मेदवार छान्न सकस परेको थियो ।