गाैरीशंकर गाउँपालिकामा एमालेकाे तामझाम सहित उम्मेदवारी दर्ता

  गाैरीशंकर टाइम्स सम्बाददाता  604 पटक हेरिएको

दाेलखा । नेकपा एमाले गाैरीशंकर पालिका कमिटीले उमेदवारहरुको घोषण सहित उमेदवारकाे मनोनयन दर्ता गराएको छ । पालिकाको अध्यक्षमा जंग गुरुङ र उपाध्यक्षमा मुना शिवाकोटीले उमेदवारी दिदै मनोनयन दर्ता गराएकाे हाे ।

एमालेकाे झाँकी सहित पार्टी कार्यलयबाट निस्केको जुलुस आहालडाडा स्थित पालिका कार्यलय निर्वाचन आयाेगमा उमेदवारकाे मनोनयन दर्ता गराएका हुन । गाैरीशंकर गाउँपालिकामा एमालेले वडा नम्बर १ देखि ९ सम्मको वडाध्यक्ष तथा सदस्यहरुको समेत मनोनयन दर्ता गराएको पालिका कमिटीका अध्यक्ष जंग गुरुङले जानकारी दिए ।

आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा सहभागी हुन एमालेले वडा नम्बर १ देखि ९ सम्म क्रमश रमेश बस्नेत, इन्द्रबहादुर खड्का, जिपछिरीङ शेर्पा, शंखनिमा शेर्पा, सुन्दर खड्का, भुवन गुरुङ, मिंगुर शेर्पा, महेश श्रेष्ठ र पदमबहादुर श्रेष्ठ अध्यक्षकाे उम्मेदवार मनाेनयन दर्ता गराएका छन । साथै खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यहरु समेत दर्ता गराएका छन ।

निकटतम प्रतिद्वन्द्वी कांग्रेस र माओवादी गठबन्धनले पनि उम्मेदवारकाे मनाेनयन दर्ता गरेको छ । पालिकामा दुई गठबन्धनले माओवादीका तर्फबाट अध्यक्षमा विश्व कार्की र उपाध्यक्षमा कांग्रेसका तर्फबाट श्यामसुन्दर तामाङलाई उम्मेदवार दर्ता गरेकाे हाे । त्यसै गरि वडामा कुनैमा गठबन्धन गरेको छ भने कुनैमा छुट्टाछुट्टै उम्मेदवारकाे मनाेनयन दर्ता गरेका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार