दाेलखा । नेकपा एमाले गाैरीशंकर गाउँपालिका कमिटीको चुनावी सभा सिमीगाँउबाट सुरु गरिएको छ । गत १२ गते उम्मेदवारकाे मनाेनयन दर्ता गरि १६ गते अन्तिम नामावली प्रकाशन गरे पश्चात् चुनावी अभियान सुरु गरिएको हाे ।
आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन लक्ष्यित चुनावी कार्यक्रम देश भरी नै सुरु भैइसकेकाे छ । यस अन्तर्गत गाैरीशंकर गाउँपालिकाकाे सिमीगाऊँबाट अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य उम्मेदवारहरुकाे परिचय सहित चुनावी सभा कार्यक्रम सुरु गरिएको हाे ।
बैशाख १९ गते साेमबार वडाकमिटीद्वारा आयाेजित कार्यक्रममा जिल्ला कमिटी सदस्य एवं पालिका इन्चार्ज साेयम बहादुर खड्का, जिल्ला कमिटी सदस्य निमा लामा, पालिका कमिटी अध्यक्ष जंग बहादुर गुरुङ लगायतको नेताहरू उपस्थित रहेको थियोे । साे कार्यक्रममा नेपाली कांग्रेसका वडा कमिटी सचिव रघुनाथ श्रेष्ठ, नेत्र बहादुर श्रेष्ठ(रामदेव), पुर्ण बहादुर श्रेष्ठ र प्रदिप श्रेष्ठ सहित दर्जनौं माओवादी र कांग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गरेको छ ।
आगामी पाँच वर्षको लागि हुने स्थानीय निर्वाचनमा गाैरीशंकर गाउँपालिका अध्यक्षमा जंग बहादुर गुरुङ, उपाध्यक्षमा मुना शिवाकोटी(केसी) उम्मेदवार रहेको छ । त्यसैगरि ९ नम्बर वडाध्यक्षमा पदमबहादुर श्रेष्ठ, महिला सदस्यमा धनमाया तामाङ, दलित महिला सदस्यमा धनकुमारी विश्वकर्मा, खुल्ला सदस्यमा सुजन गुरुङ र मेख तामाङ उम्मेदवार रहेको छ ।
स्थानीय तहको निर्वाचन २०७४ मा प्रतिबद्ध गरे अनुरुप गाैरीशंकर गाउँपालिकाकाे सबै वडामा ईन्टरनेट प्रविधिक मैत्री बनाउन लागिएको वडाध्यक्ष छिरीङ शेर्पाले बताए । उक्त इन्टरनेट जडानकाे लागि वल्डलिकंले ठेक्का लिई सकेकाे र जडानकाे लागि काम अगाडि बढेको समेत जानकारी गराए । आगामी निर्वाचनमा स्वास्थ, शिक्षा, पर्यटन, राेजगार, प्राकृतिक स्रोत र साधनको प्रयोग, गुम्बा, मठमन्दिर लगायतको विकास निर्माणका मुख्य एजेन्डा भएको हुदा सबै वडामा सम्मान विकास गरिने पालिका अध्यक्ष उम्मेदवार गुरुङले बताए ।
विपक्षी दलका गठबन्धनले सस्तो लाेकप्रियता र चुनावमा भाेट माग्नकाे लागि विभिन्न लालछन्ना लगाई निर्वाचन आचरसंहिता विपरीत प्रचारप्रसार गर्दै हिडेकाे पालिका इन्चार्ज खड्काले बताए । उनका अनुसार पाँच वर्षमा पालिकाकाे ९ वटै वडामा सम्मान रुपमा विकासका काम गरेको र सदैव जनताको सेवाको लागि सर्मपित भएको हुदाँ अबको बाकी काम गर्न एमालेकै सरकारलाई विजयी गराउन समेत आग्रह गरे ।