सिमीगाउ, दाेलखा । नेकपा एमाले गाैरीशंकर गाउँपालिका कमिटीकाे चुनावी सभा सिमीगाँउबाट सुरु भएको छ । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन लक्ष्यित चुनावी कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य उम्मेदवारहरुकाे परिचय सहित कार्यक्रम सुरु गरिएको हाे ।
साे कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला कमिटी सदस्य निमा लामाले गाैरीशंकर ९ मा एमालेको जित भैइसकेकाे हुदा अब घाेषणा गर्न मात्र बाँकी रहेको बताए । उनका अनुसार कांग्रेस र माओवादीले कुनै पनि हालतमा जनताको हितमा काम नगर्ने हुदाँ झुट्टा आश्वासनकाे भरमा नलाग्न समेत आग्रह गरे ।
नेकपा एमाले ९ नम्बर वडाकमिटीले सिमीगाँउमा आयोजना गरिएको वृहत चुनावी सभामा कांग्रेस र माओवादी केन्द्र परित्याग गरि दर्जनौं कार्यकर्ता एमाले प्रवेश गरेकोे हाे । जनतालाई भ्रममा पर्दै स्वार्थमा लागेको हुदाँ बाध्यकारी भएर एमाले प्रवेश गरेको कांग्रेस वडाकमिटी सचिव समेत रहेका रघुनाथ श्रेष्ठले बताए ।