दाेलखा । यही वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय निर्वाचनलाई लक्षित गरी दाेलखामा मदिरा विक्री वितरण गर्न रोक लगाइएको छ । जिल्ला प्रशासनले सार्वजनिक सुचना जारी गर्दै निर्वाचन अवधिभर अर्थात जेठ ३ गतेसम्मको लागि मदिरा विक्रीवितरण गर्न पुर्णरुपमा निषेध गरिएको हाे ।
दाेलखा जिल्ला प्रशासनले बैशाख २३ गते नै एक सूचना निकालेर दाेलखामा वैशाख २४ गते मध्यरातिदेखि जेष्ठ ३ गतेसम्म जाँड–रक्सी विक्रीवितरणमा पुर्ण रोक लगाएको जानकारी दिएको हो । निर्वाचनको सुरक्षामा खलल पुग्न सक्ने भन्दै स्थानीय प्रशासन ऐन २०२८ काे दफा ६, उपदफा ३ काे खण्ड क बमोजिम जिल्लामा पुर्णरुपमा मादक पदार्थ ओसारपसार तथा विक्रीवितरण निषेध गरिएको जिल्ला प्रमुख अधिकारी भेषराज अधिकारीले जानकारी दिनुभयो । यस अवधिभर काेहि कसैले विना अनुमति नियमविपरीत यस्ता कार्य गरेको पाइएमा कानुनबमोजिम कार्वाही गरिने समेत उनलेे बताए ।
यस्तै वैशाख ३० गते निर्वाचनको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका बाहेक सवारी साधन विहान ६ बजेदेखि मतदान अवधिभर सञ्चालन नगर्न र नगराउन पनि जानकारी दिए ।