निर्वाचनका दिन जिल्लाकाे सबै नाका र सवारीसाधन बन्द गरिदै

  गाैरीशंकर टाइम्स सम्बाददाता  376 पटक हेरिएको

दाेलखा । यहि वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय निर्वाचनलाई लक्षित गरी यातायात सेवा पुर्णरुपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यलयले सार्वजनिक सुचना जारी गर्दै मतदानको दिन अत्यवाश्यक सेवाका सवारी बाहेक सबै यातायातका साधनहरु सञ्चालनमा बन्द गर्न लागेको हाे ।

उक्त मतदानकाे दिन बिहान ५ देखि बेलुका ६ बजेसम्म एम्बुलेन्स, शव वहान, दमकल, दुरसञ्चार, विधुत, कुटनैतिक सवारी, खानेपानी, दूध र अस्पताल लगायत सम्बन्धित निकायबाट अनुमाती प्राप्त सवारीसाधन बाहेक सबै यातायात सेवा बन्द गरिन लागेको हाे । स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित शान्तिपूर्ण सम्पन्न गर्न र बाह्य हस्तक्षेपबाट मुक्त गराउन सबै क्षेत्रकाे सुरक्षा निकायलाई समेत निर्देशन दिएको छ ।

जिल्लाभर मतदानलाई शान्तिपूर्ण र सुरक्षित रुपमा सम्पन्न गर्नको लागि मुख्य प्रवेश नाकाहरुमा समेत कडाइ गरिन लागेको सहायक प्रमुख जिल्ला अधिकारी दिपक काेइरालाले बताउनु भयो । चेकजाँचकाे क्रममा गैरमतदाताहरुलाई नियन्त्रणमा लिएर साेधपुच्छ गरि फिर्ता पठाउन थालिएको छ । मतदान अवधिभर काेहि कसैले विना अनुमति नियमविपरीत यस्ता कार्य गरेको पाइएमा कानुनबमोजिम कार्वाही गरिने समेत उनलेे बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार