जुँगु, दाेलखा । नेकपा एमाले गाैरीशंकर पालिका कमिटीले जुँगुमा भव्य चुनावी सभा गरेको छ । मतदानको समय नजिकिँदै जाँदा स्थानीय तह निर्वाचनको अन्तिम चुनावी सभा कार्यक्रम जुँगुमा सम्पन्न गरेकोे हाे ।
एमालेले शक्ति प्रदर्शनको रुपमा अघि सारिएको यस सभाले गाैरीशंकर गाउँपालिका १ र २ नम्बर वडा जुँगुमा संयुक्त भेला आयोजना गरिएको थियो । साे भेलामा पालिका अध्यक्ष, उपाध्यक्ष सहित दुबै वडाका वडाध्यक्ष र सदस्य उम्मेदवारहरुकाे परिचय सहित चुनावी कार्यक्रम सम्पन्न गरेको हाे ।
निर्वाचन आयाेगकाे कार्यतालिका अनुसार बैशाख २७ गते मध्यरातिबाट माैनअवधि सुरु हुने हुदाँ एमालेले पालिकाकाे ९ वटै वडागत हुदै अन्तिम जुगुमा प्रचारप्रसारकाे कार्यक्रम गरिएको हाे । साे कार्यक्रममा पार्टीको पाेलिटव्युराे सदस्य एवं पूर्वमन्त्री पार्वत गुरुङ, जिल्ला इन्चार्ज एवं प्रदेश सदस्य सरस्वती बस्नेत, पालिका इन्चार्ज साेयमबहादुर खड्का, पालिका अध्यक्ष उम्मेदवार जंगबहादुर गुरुङ, उपाध्यक्ष उम्मेदवार मुना शिवाकोटी केसी लगायत केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरू उपस्थिति रहेको थियोे ।
बैशाख २७ गते बुधबार जुँगुमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै ९ वटै स्थानीय तहलाई कुनै शक्तिले हल्लाउन नसकिने पूर्वमन्त्री पार्वत गुरुङले बताउनुभयो । उहाँले अबको निर्वाचनमा सबै स्थानीय तहमा एमालेले बहुमतकाे जित हासिल गर्ने बताउनुभयो ।
अबको पाँच वर्षमा पालिकालाई देशकै नमुना बनाउने अध्यक्ष उम्मेदवार जंग बहादुर गुरुङले आफ्नो प्रतिबद्धता व्यक्त गरे । उनलेे स्थानीय तहकाे प्राकृतिक स्रोत र साधन, स्वास्थ्य, शिक्षा, राेजगारी लगायतकाे बिषयलाई प्रमुख एजेन्डा बनाई जनताको आवश्यकता र माग बमोजिमको काम गर्ने बताए । सिंगो पालिकामै एमाले सरकारकाे माग रहेकाे हुदाँ निर्वाचनबाट पूरा हुने समेत उनलेे बताए ।