गाैरीशंकरका अध्यक्ष उम्मेदवार जंग गुरुङद्वारा मतदान

  गाैरीशंकर टाइम्स सम्बाददाता  795 पटक हेरिएको

गाैरीशंकर, दाेलखा । जिल्लाको गाैरीशंकर गाउँपालिका अध्यक्षका उम्मेदवार जंगबहादुर गुरुङले मतदान गरेका छन् । नेकपा एमाले पालिकाकाे अध्यक्षसमेत रहेका गुुरुङले गाैरीशंकर गाउँपालिका-५, सुरी स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानपछि समर्थक र मतदाताहरुलाई धन्यवाद दिदै अध्यक्षसमेत रहेका गुरुङले पालिकामा एमालेले सबै सिटमा जित हासिल गर्ने प्रतिकृया दिएका छन् । त्यस्तै उनले आफ्नो स्वविवेक प्रयोग गरेर शान्तिपूर्ण ढंगमा निर्वाचनमा सहभागी हुन सबै जनतालाई अपील समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार