गाैरीशंकर, दाेलखा । गाैरीशंकर गाउँपालिकामा कुल ९ हजार ८३१ मत खसेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिकाकाे ९ वटै वडाका २० वटा मतदान केन्द्रमा मतदान भएको हो ।
गाउँपालिका निर्वाचन कार्यालयका सुुचना अनुुसार यस पटकको स्थानीय तह निर्वाचनमा कुल १५ हजार ३ सय ४१ मध्ये ९ हजार ८ सय ३१ मत खसेको छ । गाउँपालिकाले दिएको सुचना अनुुसार ३० गते सम्पन्न मतदान शान्तिपूर्ण नै रहेको थियोे । पालिकामा
गाैरीशंकर गाउँपालिकामा कुल खसेको मत विवरण
१ नम्बर(जुँगु) १०१६,
२ नम्बर(जुँगु) १०६८,
३ नम्बर(झ्याँकु) ११५७,
४ नम्बर(झ्याँकु) ११५४,
५ नम्बर (सुरी) १५४४,
६ नम्बर (चंखु) ८२५,
७ नम्बर (मार्बु) ९९२,
८ नम्बर (खारे) १०७३ र
९ नम्बर (गाैरीशंकर) ७०२
निर्वाचन आयाेगमा दर्ता भएअनुसार सबैभन्दा बढी २ दुई हजार ७ सय ४३ मतदाता संख्या रहेको ५ नम्बर वडा सुरीमा १ हजार ८ सय ४४ मत खसेको थियो र सबैभन्दा कम १ हजार ७१ मतदाता संख्या रहेको ९ नम्बर वडा गाैरीशंकरमा ७ सय २ मत खसेको थियोे । पालिकामा नेकपा एमालेबाट जंग बहादुर गुरुङ र गठबन्धनको तर्फबाट माओवादीका विश्वास कार्की अध्यक्षकाे उम्मेदवारमा प्रतिस्पर्धी रहेको छ ।