गाैरीशंकर, दोलखा । बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा गौरीशंकर गाउँपालिकामा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । पालिकाकाे वडा नम्बर १ र २ जुँगुमा प्रकाश बहादुर खड्का र राेहित बुढाथोकीकाे प्यानल सहित विजयी भएकाे हाे ।
गाैरीशंकर १ जुँगुमा खड्काले एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै जित हात पारेका हुन् भने २ जुँगुमै राेहित बुढाथोकीले पनि एमाले र कांग्रेसलाई नै हराएका हुन ।