गाैरीशंकरमा एमालेले खाता खाेल्दै वडाध्यक्षमा विजयी सुरुवात

  गाैरीशंकर टाइम्स सम्बाददाता  344 पटक हेरिएको

गाैरीशंकर, दाेलखा । गौरीशंकर गाउँपालिका वडा नम्बर ५ सूरीमा एमालेको सिंगो प्यानल नै बिजयी भएको छ । भर्खरै सम्पन्न मत गणनाको परिणाम अनुसार एमाले उम्मेदवार सुन्दर खडकाले ८ सय २२ मत प्राप्त गरी वडाअध्यक्षमा बिजयी भएको हो ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नम्बर ५ मा निकै महत्त्व का साथ हेरिएको थियोे । उक्त वडामा अध्यक्षका लागि क्रमश एमाले, माओवादी र स्वतन्त्र गरि त्रिपक्षीय उम्मेदवार प्रतिस्पर्धा रहेको थियो ।

माओवादी केन्द्रका उम्मेदवार दिनेश गुरुङले ३ सय २० र स्वतन्त्रकाे उम्मेदवार नवराज खड्काले ४ सय ७४ मत प्राप्त गरेको छ । पालिका अध्यक्षलाई एमालेको पक्षमा १ हजार ८६ र उपाध्यक्षमा ९ सय २४ मत आएको छ । त्यस्तै गठबन्धनका अध्यक्षमा माओवादी तर्फ ५०३ र उपाध्यक्षलाई ६९० मत आएको थियोे । कुल १८ सय ४४ मत खसेकोमा २ सय ४२ मत बदर भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार